
३० चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । र, दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ ।
माओवादी केन्द्रले चार सांसदलाई पार्टीले कारबाही गरेको पत्र बुझाएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।
माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर जवाफ नआएपछि कारबाही गरिएको माओवादी केन्द्रले जनाएका छ ।
अब प्रदेशसभामा सभामुखले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त भएको घोषणा गर्नेछन् ।
पदमुक्त हुनेमा तीन जना प्रत्यक्ष निर्वाचन हुन् भने एक समानुपातिक प्रदेशसभा सदस्य हुन् । समानुपातिक सदस्यको स्थानमा दलले नयाँँ पठाउन सक्छ ।
प्रदेशमा माओवादीका ११ प्रदेशसभा सदस्य थिए ।
प्रतिक्रिया 4