+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भेरी अस्पतालमा कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते १३:५६
प्रतीकात्मक तस्वीर

१ वैशाख, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका-१ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९:५० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि चैत ३० गते पीसीआर परीक्षण गरिएकोमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालको कोभिड विशेष वार्डमा भर्ना गरिएको उनको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको उनले बताए ।

ओलीका अनुसार योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?