
३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
न्याय परिषदको बैठकले २८ फागुनमा उच्च अदालतका मुख्य न्यायाधीशद्वय चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
न्यायाधीशमा सिफारिस उनीहरुसँग शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले छलफल गरेका थिए । सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएपछि समितिले उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिले उनीहरु योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य देखिएकाले सर्वसम्मतिले अनुमोदन गरेको निर्णय गरेको छ ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि प्रस्तावित न्यायाधीश चुडाल र सुवेदीलाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4