Comments Add Comment

रंगीन राजाको रोचक कहानी : ३६५ रानी, ५३ बच्चा

काठमाडौं । नेपाल होस् वा दुनियाका अन्य देशहरु । इतिहासमा कतिपय यस्ता राजाहरु पनि थिए जो ठूलो संख्याका पत्नीहरुका कारण चर्चित छन् ।

भारतको पाटियाला राज्यका महाराजा भुपिन्दर सिंह पनि आफ्नो रंगीन बानी व्यवहारका कारण निकै चर्चित छन् ।

१२ अक्टोबर १८९१ मा जन्मिएका उनी ९ वर्षकै उमेरमा राजा बनेका थिए । तथापि १८ वर्षको हुँदा मात्र उनले राजाको कार्यभार सम्हालेका थिए र ३८ वर्षसम्म शासन गरे ।

राजा भुपिन्दर सिंहका बारेमा लेखिएको एक पुस्तक महाराजामा जनाइएअनुसार भुपिन्दर सिंहले रंगरस गर्नकै लागि पटियालामा लिला भवन बनाएका थिए । जहाँ केवल निर्वस्त्र मानिसहरु मात्र छिर्न पाउँथे ।

उक्त भवनभित्र एउटा विशेष कोठा थियो, प्रेम मन्दिर । उक्त कोठा राजाका लागि आरक्षित नै थियो । त्यो कोठामा राजा बाहेक अरुलाई जाने अनुमति थिएन । सो कोठामा राजाको भोगविलासका लागि पूरा बन्दोबस्त गरिएको हुन्थ्यो ।

उक्त महलभित्रको परिसरमा एउटा ठूलो ताल पनि थियो, जो अहिलेको स्विमिङ पुल जस्तै थियो । त्यसमा एकसाथ डेढ सय जनाले नुहाउन वा पौडी खेल्न सक्दथे ।

राजाले उक्त लिला भवनमा प्रायः पार्टीहरु दिन्थे । त्यसमा उनले आफ्ना प्रेमिकाहरुलाई बोलाउँथे । साथै त्यसमा राजाका विशेष मानिसहरु पनि सामेल हुन्थे ।

राजा भुपिन्दर सिंहका १० भित्रिया सहित कूल ३६५ जना रानी थिए । उनीहरुका लागि पाटियालामा भव्य महल बनाइएको थियो । त्यसमा रानीहरुको स्वास्थ्य जाँचका लागि चिकित्सा विशेषज्ञहरुको टोली पनि रहन्थ्यो ।

इतिहासकारका अनुसार ती राजाका १० पत्नीबाट ८३ जना बच्चा जन्मिए र त्यसमध्ये केवल ५३ जनामात्र बच्चा बँचेका थिए ।

महाराजाको महलमा हरेक दिन ३६५ वटा लालटिन जलाइन्थ्यो र हरेक लालटिनमा रानीहरुको नाम लेखिन्थ्यो । जुन लालटिन बिहान सबैभन्दा पहिले निभ्थ्यो राजाले सोही लालटिनमा लेखिएकी रानीसँग त्यस दिनको रात गुजार्थे ।

ती राजा आफूसँग भएको बहुमूल्य गहनाका लागि पनि चर्चित थिए । उनीसँग विश्व प्रसिद्ध पटियाला हार थियो, जसलाई गहना बनाउने चर्चित कम्पनी कार्टियरले बनाएको थियो । उक्त हारमा २९०० भन्दा धेरै हिरा तथा बहुमूल्य रत्न जोडिएको थियो । उक्त हारमा त्यस समय विश्वको सातौँ ठूलो हिरा जडित थियो ।

सन् १९४८ मा पटियालाको शाही ढुकुटीबाट उक्त बहुमूल्य हार हराएको थियो र धेरै वर्षपछि उक्त हारका टुक्राटाक्री विभिन्न ठाउँमा फेला परेका थिए ।

ती राजा मस्तीका पर्याय नै थिए । उनीसँग ४४ वटा रोल्स रोय कार थिए जसमध्ये २० वटा कार त दिनहुँ उनको सेवामा प्रयोग हुन्थे । उनी भारतका पहिलो यस्ता व्यक्ति थिए जो सँग आफ्नै निजी विमान थियो । सन् १९१० मा बेलायतबाट उनले उक्त विमान खरीद गरेका थिए । विमान उडान र अवतरणका लागि उनले पटियालामा विमानस्थल बनाएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment