
१० बैशाख, वीरगञ्ज । वीरगञ्जमा बाराका एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुसिमरा उपमहानगरपालिका-७ बस्ने ४० वर्षीय पुरूषको मृत्यु भएको हो ।
नारायणी अस्पताल स्थित आइसोलेसन वार्डमा उपचारको क्रममा अपरान्ह साँढे ४ बजे उनको मृत्यु भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । स्वास प्रस्वासमा देखिएको समस्या जटिल भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
स्वास्थ्यमा समस्या भएपछि बैशाख ६ गते उनलाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको थियो । नारायणी अस्पतालकै पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बैशाख ८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4