+
+

आरोहण दलका सम्पर्क अधिकृतलाई फिल्डमा खटिन विभागको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १३:३६
फाइल तस्वीर

१२ वैशाख, काठमाडौं । हिमाल आरोहणका दौरान खटिएका सबै सम्पर्क अधिकृतलाई फिल्डमा जान पर्यटन विभागले आग्रह गरेको छ ।

विभिन्न बाहनामा तोकिएको हिमालको आधार शिविरसम्म नपुगी फर्कने प्रवृत्ति सम्पर्क अधिकृतमा रहेको भन्दै विभागले यस्तो आह्वान गरेको हो ।

अहिले सगरमाथासहितका हिमालमा सयौं आरोही र उनीहरुका सहयोगी पुगिसकेका छन् । ती आरोहीको निगरानी र सरकारी संयन्त्रका रुपमा सम्पर्क अधिकृतहरु खटाइएका हुन्छन् । यो वर्ष करिब साढे चार दर्जन सम्पर्क अधिकृत विभिन्न हिमालमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?