+
+

कोभिडबाट जोगाउन हरेक बालग्राममा स्वास्थ्य सुरक्षा सचेतना

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १६:५९

१४ वैशाख, भक्तपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को नयाँ भेरियण्ट संक्रमणबाट बालग्राममा आश्रित बालबालिकालाई बचाउन एसओएस बालग्राम नेपालले विभिन्न उपाय अवलम्वन गरेको छ ।

मुलुकभर रहेका १० वटा बालग्राममा रहेका १ हजार २६० जना बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि बालग्रामले स्वास्थ्य सुरक्षा सचेतना अपनाएको एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले बताए ।

उनका अनुसार बालबालिकालाई कोभिड संक्रमण भएमा आइसोलेशनको लागि हरेक बालग्राममा छोरा र छोरीका लागि दुई वटा अलग कोठाको व्यवस्था गरेको छ । साथै हरेक बालग्राममा स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ ।

हाल भक्तपुरको सानोठिमी, बनेपा, जोरपाटी, पोखरामा रामबजार र छोरेपाटन, भरतपुर, भैरहवा, सुर्खेत र धनगढिमा गरी १० वटा बालग्राम सञ्चालनमा रहेको छन् भने ती बालग्राममा १ हजार २६० जना बालबालिकाका संरक्षणमा छन् ।

बालग्रामद्वारा सञ्चालित हर्मन माइनर विद्यालय भएको ठाउँमा भने विद्यालयलाई नै अस्थायी आइसोलेशन कक्ष बनाउने तयारी गरिएको छ । तर सो आइसोलेशनमा बालग्राम बाहेक वाहिरी संक्रमित बस्न पाउने छैनन ।

बालग्रामका बालबालिकाको स्वास्थ्यमा थप जटिलता देखिएमा बालग्राम नजिकको अस्पतालसंग समन्वय गरि तत्काल थप उपचारको लागि लैजान बालग्रामको सवारी साधनलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको पनि बालग्रामका राष्ट्रिय निर्देशक शर्माले बताए ।

सरकारले कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै यही बैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकालगायत देशका मुख्य शहरहरुमा लकडाउन गर्ने घोषणा गर्नुअघि नै एसओएस बालग्रामले आफ्ना बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखि १० वटै बालग्रामभित्र वाहिरी आगन्तुक र पाहुनाको आवागमनमा समेत रोक लगाईसकेको छ भने बालग्रामबाट बालबालिकालाई वाहिर आउन जान रोक लगाएको छ ।

यस्तै अनलाईन विधिबाट अन्तिम परीक्षा लिने काम सकिसकेकाले यसै हप्ता अनलाइनबाटै परीक्षाफल प्रकाशित गरिने तयारी भइरहेको एसओएस बालग्राम सानोथिमीका निर्देशक खगेन्द्र नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?