+
+

वीरगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १५ गते ९:५१
फाइल फोटो

१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सर्लाहीका ४३ वर्षीय पुरुष र बाराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

धनकौल गाउँपालिका–४ बस्ने ४३ वर्षीय पुरुषलाई मंगलबार मात्रै नारायणी अस्पतालमा ल्याइएको थियो । एन्टिजिन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । गएराति १ बजेर ४० मिनेटमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी दुई दिन अघि नारायणी अस्पतालमा भर्ना भएकी बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको गएराति सवा १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बैशाख १३ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?