Comments Add Comment

यात्रु व्यवस्थापन गर्न वायुसेवा सञ्चालकले बनाए अनुगमन समिति

१६ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी र निषेधाज्ञाकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको व्यवस्थापनमा सहजीकरण गर्न वायुसेवा सञ्चालकहरुले अनुगमन समिति बनाएका छन् ।

वायुसेवा संचालक संघ -आयोन)का कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधि रहेको अनुगमन कमिटी बनाएर काम थालेको छ ।

बिहीबार सीसीएमसीको अनुगमन कमिटीबाट भएको अनुगमनमा स्वास्थ्य प्रोटोकल पालना भएको पाइएको भन्दै आयोनले सो समयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीको समेत स्थलगत अनुगमन भएको बताएको छ ।

यी दुई अनुगमनपछि यात्रुलाई अझ बढी व्यवस्थापनसहित सेवा दिन निर्देशन प्राप्त भएको आयानको भनाइ छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको गाइडलाइन्सअनुसार तयार भएको स्वास्थ्य प्रोटोकल अनुसार नै सेवा दिइएको छ ।

आगामी दिनमा आजको कमजोरी अझ बढी सुधार गर्दै लैजाने प्रतिवद्धता समेत संचालकले गरेका छन् । कोरोना महामारीमा सबैभन्दा सुरक्षित यातायातको साधन भएकाले आन्तरिक उडानलाई भने स्वास्थ्य मापदण्ड पालना गरी निरन्तरता दिनुपर्ने तर्क उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment