+
+

काठमाडौंमा यी सवारी चालकले पास लिनुपर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते १९:१५

१६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामबाहेक सवारी पास जारी नगर्ने बताएको छ ।

निषेधाज्ञाका बेला सवारी साधन चलाउन पास लिनेहरु धेरै आएको भन्दै कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामका लागि मात्र सवारी पास जारी गर्ने बताएको छ । कार्यालयले अत्यन्तै जरुरी काम के के हुन् भन्ने चाहिं खुलाएको छैन ।

कार्यालयकी शाखा अधिकृत लक्ष्मीकुमारी शाहीले जारी गरेको सूचनामा निषेधाज्ञामा अत्यावश्यक सेवा तथा वस्तु बोकेका सवारी साधन, बिरामी तथा बिरामी कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्था, बीमा कम्पनीका कर्मचारीका लागि सवारी पास नचाहिने उल्लेख गरिएको छ ।

त्यस्तै एयरपोर्ट जाने र आउने यात्रुका लागि पनि सवारी पास आवश्यक नपर्ने भन्दै यस्ता काममा यात्रा गर्दा अवरोध भएमा प्रहरीको १०० र १०३ मा फोन गर्न भनिएको छ । कोरोना महामारी रोकथामका लागि भन्दै काठमाडौं उपत्यकामा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?