Comments Add Comment

उपभोक्ता मूल्य नतोक्ने मास्क उद्योगलाई ५० हजार जरिबाना

फाइल तस्वीर

१७ वैशाख, काठमाडौं । भक्तपुरस्थित मास्क उत्पादन गर्ने एक उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५० हजार जरिबाना तिराएको छ ।

हिमालयन हेल्थ केयर नामक कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको पाइएकोले ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । सेढाईंका अनुसार उद्योगलाई अधिकतम् खुद्रा मूल्य तोक्न निर्देशन पनि दिइएको छ ।

उपभोक्ता मूल्य नतोकी दुई रुपैयाँ चार पैसा होलसेल मूल्य पर्ने मास्क बजारमा प्रतिगोट १० रुपैयाँमा बिक्री गरेको पाइएको उनले बताए ।

यस्तै अत्याधिक नाफा राखेर मास्क बिक्री गर्ने काठमाडौंका तीन पसललाई पनि विभागले शुक्रबार कारबाही गरेको छ । काठमाडौं ज्ञानेश्वरका अनुज स्टोर, यू एण्ड बी स्टोर्स र आर एन स्टोर्सलाई जनही पाँच हजारका दरले जरिवाना गरिएको विभागले जनाएको छ । विभागको नियमित अनुगमनको क्रममा तL स्टोर्सले मास्कको खरिद बिक्री बिल जारी नगरेको र उपभोक्तालाई बढी मूल्यमा मास्क बिक्री गरेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment