
२३ वैशाख, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–४ घर भई काठमाडौंको टोखा बस्ने २५ वर्षीय रफिक मिया छन् ।
६ थान रेम्डिसिभिर औषधिको करिब ३० हजार मूल्य पर्नेमा १ लाख २० हजार रुपैयाँमा बिक्री गर्ने भन्दै बार्गेनिङ गरेर बसुन्धरामा बिक्री गर्न आएको अवस्थामा मियालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका मियाले आफूलाई त्रिवि शिक्षण अस्पताल अगाडि निलकण्ड लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालले रेम्डिसिभिर बेच्न लगाएको प्रहरीसँगको बयानमा बताएका छन् । फर्माका ढकाल हाल फरार रहेकाले खोजी भइरहेको महाशाखाले जनाएको छ ।
उनलाई संक्रामक रोग नियन्त्रण ऐन, कालोबजारी ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरी अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङले बताए ।
प्रतिक्रिया 4