
२५ वैशाख, वीरगञ्ज । बढी मूल्यमा पल्स अक्सिमिटर बिक्री गरेको आरोपमा एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।
उनको पसलबाट प्रहरीले १२ थान पल्स अक्सिमिटर बरामदसमेत गरेको छ । घरमै खोलेको औषधि पसलमा १ हजार ९ सय पर्ने अक्सिमिटरलाई उनले ३ हजार ५ सय रुपैयाँमा बिक्री गरेको प्रहरीले दाबी गरेको छ । कालोबजारी गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4