+
+

बाजुरामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते ९:१८

२६ वैशाख, धनगढी । बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो ।

बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

उनको अछामको साफेबगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मेयर बडुवालले जानकारी दिए । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका बिक पार्टीको जिल्ला कमिटी सदस्य पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?