+
+

प्रदेश-२ मा १९ जना प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १२:१९

२६ वैशाख, जनकपुरधाम । प्रदेश-२ मा १९ जना प्रहरी र  ५६ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार महोत्तरीबाहेक ७ जिल्लामा प्रहरी संक्रमित देखिएका छन् । सबैभन्दा बढी बारामा ६ जना प्रहरी संक्रमित देखिएका छन् । पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना तथा सप्तरी, धनुषा र रौतहटमा १÷१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये पर्साका एक जना आक्सिजनको सपोर्टमा उपचार गराइरहेको र बाँकीको अवस्था सामान्य छ । उनीहरु सम्बन्धित कार्यालयकै आइसोलेसनमा उपचार गराइरहेका छन् ।

यस्तै, प्रदेशमा ५६ जना थुनुवामा पनि कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढी पर्सा प्रहरीको नियन्त्रणमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटका १० जना, धनुषाका ५ जना तथा महोत्तरी र सर्लाही प्रहरीको नियन्त्रणमा रहेका १÷१ जना थुनुवामा संक्रमण देखिएको छ । सप्तरी र सिरहाका थुनुवामा हालसम्म संक्रमण देखापरेको छैन् ।

संक्रमित थुनुवाहरुलाई पनि सम्बन्धित प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?