+
+

पाँचखालका मेयर-उपमेयरले आफू चढ्ने गाडीलाई बनाए एम्बुलेन्स

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १५:१७

२६ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर-उपमेयरले आफू चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन् ।

नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले आफूले प्रयोग गर्दै आइरहेको सरकारी गाडी कोभिड-१९ का बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने भएका हुन् । नगरप्रमुख खरेलले आफ्नो एउटा निजी गाडी समेत कोभिड-१९ का बिरामी बोक्नका लागि दिने भएका छन् ।

नगरप्रमुख खरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै नगरभित्र सञ्चालित चार वटा एम्बुलेन्सले मात्रै कोभिड-१९ का बिरामी बोक्न नसक्ने अवस्था देखिएपछि बा १ झ ९१०९, बा १९ प ५६६८ र बा २ झ १४९४ नम्बरको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?