+
+

सिद्धार्थ बैंकद्वारा कोरोना भाइरस नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते ११:३८

सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखा रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले ३४ लाख सहयोग गरेको हो।

स्वास्थ्यसम्बन्धी मापदण्डअनुरूप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आएको छ।

बैंकले ग्राहकको सहजताका लागि घरैमा बसी प्रविधिमैत्री डिजिटल माध्यमबाट पनि बैंकिङ सेवा उपलब्ध गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?