+
+

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु   

रासस रासस
२०७८ वैशाख ३० गते १३:१०

३० वैशाख, बनियानी । झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६३प २७९० नंको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर–१२ का ३० वर्षीय कुजैहाङ लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकामा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?