+
+

सरकार गठनको सम्भावना टर्दै गएको कांग्रेस–माओवादीको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते १७:३९

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानबारे छलफल भएको थियो ।

एक नेताका अनुसार एमालेमा अध्यक्ष केपी शर्मा ओली जेठ २, २०७५ मा फर्किन तयार भए माधवकुमार नेपाल पक्षले राजीनामा नदिने देखिएको छ । र, ओली पक्षले जेठ २ मा फर्किन सहमति जनाउने सम्भावना छ । यसबारे ओली र नेपालबीच वार्ता भइरहेको छ ।

जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले बिहीबार विहान देउवालाई भेटेर नयाँ सरकार गठनमा साथ नदिने बताइसकेका छन् । माओवादी केन्द्रका एक नेता भन्छन्, ‘बहुमतको सरकार गठनको सम्भावना लगभग सकिएको छ ।’

एमालेमा प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच भइरहेको वार्ताको निष्कर्ष आएपछि थप भन्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?