
५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ७, कञ्चनपुरका ६, बाजुरा र दार्चुलाका १/१ जनाको मृत्यु भएको हो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार २०५ जनाको नमुना परीक्षण गर्दा ९५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या ३२ हजार ६६९ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4