+
+

माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते ११:२७
फाइल तस्वीर

११ जेठ, गोरखा । माटोको ढिस्कोले पुरिएर सोमबार गोरखामा २ जनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर १ भिरसिङमा घरको कम्पाण्डवाल निर्माण गर्ने क्रममा खसेको डिस्कोमा पुरिएर उनीहरुको ज्यान गएको हो ।

दिउँसो ३ बजेतिर घटेको उक्त घटनामा परी ४८ वर्षका काले गुरुङ र ३५ वर्षीय भीमबहादुर गुरुङ घाइते भएका छन् ।

घटना भएपछि उनीहरुलाई तत्काल उद्धार गरी उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । स्वास्थ्य केन्द्र पुर्‍याएर लगत्तै चिकित्सकले उनीहरुको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?