
११ जेठ, काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । यो सिजन २५ औं पटक सगरमाचाको चुचुरोमा पुगेका उनी २६ औं पटक चढ्ने योजना बीचमै छाडेर काठमाडौं आएका हुन् ।
उनी २४ वैशाखमा २५ औं पटक सगरमाथा चुचुरो पुगेका थिए । यस सिजनका लागि सगरमाथा चढ्न बाटो बनाउने आइसफल डाक्टरहरुको नेतृत्व उनले गरेका थिए ।
आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार सो दिन कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको थियो ।
कामिरिताले १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका थिए । कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ । उनलाई आज त्रिभुवन विमानस्थलमा पर्यटन विभाग र उनको आरोहण व्यवस्थापन गरिरहेको कम्पनीका अधिकारीले स्वागत गरेका थिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4