+
+

ललितपुरमा फ्रन्टलाइनरलाई कोभिशिल्डको दोस्रो डोज बुधबारदेखि  

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १९:५६
फाइल तस्वीर

११ जेठ, काठमाडौं । स्वास्थ्य कार्यालय ललितपुरले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन छुटेका अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई बुधबारदेखि खोप लगाउन सुरु गर्ने भएको छ ।

जिल्ला खोप समन्वय समिति ललितपुरको मंगलबार बसेको बैठकले फागुन २३ गते अगाडि पहिलो प्राथमिकतामा परी खोप लगाएका तर दोस्रो डोज लगाउन छुट भएकालाई खोप दिने निर्णय गरेको हो ।

अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने सुरक्षाकर्मीहरुलाई जेठ १२ गते बिहान १० बजेदेखि ललितपुरस्थित महानगरीय प्रहरी वृत्त जाउलाखेलमा खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले छ ।

यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थानका कर्मचारीहरुलाई जेठ १३ र १४ गते स्वास्थ्य कार्यालय ललितपुरमा बिहान १० बजेदेखि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?