+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

१२४ स्रष्टाले भने : संसद विघटन निरंकुश र अधिनायकवादी कदम

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १३ गते १५:०२

१३ जेठ, काठमाडौं । स्वतन्त्रता पक्षधर १२४ जना स्रष्टाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई निरङ्कुश र अधिनायकवादी भनेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम अलोकतान्त्रिक, असंवैधानिक र अमानवीय भन्दै यसविरुद्ध संघर्ष गर्न आह्वान गरेका छन् ।

संसदमा विश्वास गुमाएका प्रधानमन्त्रीले पुनः संसद विघटनको सिफारिश गर्नु बदनियत भएको उनीहरुले बताएका छन् ।

‘संसदको अधिकारसमेत खोसेर रातारात सिफारिश सदर हुनुले प्रधानमन्त्री तथा राष्ट्रपतिको मिलिभगत पो छ कि भन्ने शंका गर्ने ठाउँ दिएको छ । राष्ट्रपतिजस्तो गरिमामय संस्थाबाट संविधानको मर्ममाथि प्रहार हुनुले देशमा राजनीतिक अस्थिरता निम्तिने मात्र नभई लोकतन्त्र र नागरिक अधिकार थप कुण्ठित हुने जोखिम बढेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यसले लेखकीय स्वतन्त्रता सम्बद्ध हक अधिकार पनि असुरक्षित बनेका छन् ।’

स्रष्टाहरुले नागरिकको जीवनरक्षाप्रति सरकार पूर्णतया गैरजिम्मेवार देखिएको आरोप लगाएका छन् । उनीहरुले अक्सिजन, भेन्टिलेटर, आईसीयू, बेड र औषधि नपाएर नागरिक मरिरहेको समयमा निर्वाचनमा जानुले नागरिकको बाँच्न पाउने मौलिक हकको हनन हुने बताएका छन् । ‘अहिले आवश्यकता चुनाव खर्च नभएर कोरोना महामारीे विरुद्धको स्वास्थोपचार खर्च हो’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?