१४ जेठ, धनगढी । कैलालीमा युवकको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान धनगढी बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेका पहिचान हुन नसकेका युवकको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाहीलाई पक्राउ गरेको जानकारी दिए ।
टाउकोमा चोटपटक लागेको अवस्थामा बसपार्कमा मृत भेटिएका अपरिचित व्यक्तिको हत्या गरेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।
सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दै जादा मृतकको खल्तीमा रहेको पैसा लगेर कुटपिट गरी हत्या गरेको देखिएको बताउँदै बिष्टले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
मृतक युवकको भने पहिचान खुल्न सकेको छैन । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4