+
+

लकडाउनमा उच्च शिक्षाको भरपर्दो अनलाइन सहयोगी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते ८:१५

सिड्नी / विश्वभरी फैलिएको कोरोना माहामारीले नराम्ररी असर गरेको क्षेत्र शिक्षा पनि हो । यो महामारीको अवस्था नभएको भए अहिले लाखौं नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनको आफ्नो गन्तव्यमा हुन्थे ।

यो अवस्था सधैं रहला भन्ने छैन । महामारी रोक्न संसार भर भएका यात्रा प्रतिबन्ध र लकडाउनले विद्यार्थीलाई निराश बनाएको पक्कै छ । तर, यात्रा प्रतिबन्ध र लकडाउनको समय सदुपयोग गर्ने उपायहरु पनि नेपाली शिक्षा प्रेमी उद्धमीहरुले पत्ता लगाएका छन्।

नेपालका विद्यार्थीलाई दश जोड दुई पढिसकेपछि कुन ठाउँमा गएर कुन कलेजमा कुन विषय पढ्ने जस्ता प्रश्नले अल्मल्याएको बेला स्वदेशमै हो भने विभिन्न कलेज चाहार्नु पर्ने र देश बाहिर जाने निर्णय गर्नुपर्दा शैक्षिक परामर्शदाताहरुकोमा धाउनु पर्ने यसअघिको बाध्यता अब छैन  ।

नेपाली युवाहरुले सुरु गरेको स्टडी इन्फो सेन्टर डटकमले  लकडाउनका बेला घरमै बसेर यी सबै कुरा बुझ्न सम्भव बनाएको संस्थाकी नेपाल निर्देशक रमला भण्डारीले बताइन् ।

विद्यार्थीहरुलाई अनलाइन शैक्षिक परामर्शमात्र होइन जान चाहेको देश र सहरमा उनीहरुका लागि आवास तथा रोजगारीका अवसरबारे पनि जानकारी दिने भरपर्दो अनलाइन माध्यम बनेको भण्डारीको दाबी छ ।

सन् २०२०को नोभेम्बरमा नेपालका वरिष्ठ शिक्षाविदहरुको उपस्थितिमा औपचारिकरुपमा सुरुआत भएको यो अनलाइन पोर्टलमा त्यसयता उच्च शिक्षासम्बन्धी जानकारी प्राप्त गर्न नेपाल र विदेशबाट दुई  लाखभन्दा धेरैले भिजिट गरेको र  दश  हजार बढी विद्यार्थीले  विभिन्न सूचनाको माग गर्दै अनलाइन परामर्श लिएको उनले बताइन ।

छोटो अवधिमै विभिन्न देशका विद्यार्थीहरुमाझ विश्वसनीय बनेको यो संस्थाबाट हालसम्म ६ हजार बढी विद्यार्थीहरुले विभिन्न अवसरहरुको पहिचान गर्दै संस्थाले दिने कोर्षसम्बन्धी जानकारी, युनिभर्सिटीहरुको तुलना, र अनलाइन परामर्श जस्ता सेवाहरु लिइसकेका छन् ।

नेपालसँगै श्रीलंका, फिलिपिन्स, भारत लगायतका देशहरुबाट समेत विद्यार्थिहरुले सोधपुछ गर्ने गरेको संस्थाकी निर्देशक रमला भण्डारीले जानकारी दिइन् ।

संस्थाले अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया डेनमार्कलगायतका एक दर्जन बढी उच्च शिक्षाका लागि कहलिएका मुलुकमा जान चाहने विद्यार्थीहरुलाई ती देशका तीनसयभन्दा धेरै विश्वविद्यालय र  क्याम्पसमाबारे अत्यावश्यक जानकारी अनलाइन मै उपलब्ध गराएको छ ।

घरमै बसेर दक्ष तथा अनुभवी परामर्शदाताहरुबाट सम्पूर्ण जानकारीसमेत निःशुल्क लिन सकिने र गन्तव्यसम्म जान आवश्यक जानकारी लिई प्रवेशाज्ञा प्रक्रियासमेत अघि बढाउन सकिने भएकोले पनि संस्थाप्रति विद्यार्थीको चासो बढेको प्रयोगकर्ताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?