+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पश्चिमाञ्चल होटल संघले भन्‍यो : खोप लगाएपछि मात्र व्‍यवसाय सञ्चालन गर्छौ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते १५:३२

१६ जेठ, पोखरा। पश्चिमाञ्चल होटल संघ पोखराले होटल सञ्‍चालक, कर्मचारी र मजदूरले कोभिड-१९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय सञ्‍चालन गर्न सकिने स्पष्ट पारेको छ ।

संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा हटेपनि होटलका कर्मचारी र परिवारको जीवन जोखिममा राखेर व्यवसाय सञ्‍चालन नगर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘काठमाण्डौं बाहेक अन्य बाहिरी जिल्लाहरुमा पनि अतिथि सेवामा पाहुनाहरुसँग प्रत्यक्ष रुपमा खटिने होटल संचालक तथा कर्मचारीहरुलाई कोभिड विरुद्धको खोप प्रदान गर्न सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गरेता पनि सो सम्बन्धि सुनुवाई नभएकोले अविलम्ब प्राथमिकताको आधारमा कोभिड विरुद्धको खोप प्रदान गर्न अपिल गर्दछौं ।’

नेपालमा पनि प्राथमिकताको आधारमा पटक-पटक खोप कार्यक्रम ल्याइएको भएता पनि काठमाण्डौं केन्द्रित पर्यटन व्यवसायीलाई मात्र प्राथमिकताको आधारमा खोप कार्यक्रम सम्पन्न गरिएको भन्दै यस क्षेत्रका पर्यटन व्यवसायीलाई पनि खोपको प्राथमिकतामा समेट्न संघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?