
१६ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघले आर्थिक वर्ष २०७८-७९ लाई सकारात्मक रुपमा लिएको जनाएको छ । महासंघले आइतबार विज्ञप्ति जारी गरी बजेटमा सञ्चार क्षेत्रका लागि समावेश भएका केही विषयहरु सह्राहनीय भएको बताएको हो ।
महासंघले वैशाख ७ गते मन्त्री पौडेलसँग छलफल गरेर अर्थ र सञ्चार मन्त्रालयलाई लिखित सुझाव दिएको थियो । सरकारी सुविधा र विज्ञापनमा अनलाइन सञ्चार माध्यमलाई न्यायपूर्ण पहुँच सुनिश्चित गर्न र साना लगानीका तथा स्वरोजगारमूलक मिडियालाई प्रोत्साहन गर्नेगरी सम्बोधन गर्न जरुरी रहेको महासंघले जनाएको छ ।
महासचिव रोसन पुरीले विज्ञप्ति जारी गरी बजेटमा उल्लेख भएका सञ्चार क्षेत्रका सबै व्यवस्थाको समयमै कार्यान्वयन गर्न थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए । महासंघका अनुसार बजेटमा सम्बोधन भएका सञ्चार क्षेत्रका विषय यी हुन् :
- श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमामा ५० प्रतिशत प्रिमियम सरकारले दिने ।
- नेपाल पत्रकार महासंघका सदस्यको देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था ।
- आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने ।
- महासंघको निर्माणधिन भवन सम्पन्न गर्न आवश्यक रकमको विनियोजन ।
- प्रेस संग्रहालय स्थापना गरिने ।
- कोभिडबाट प्रभावित भइ रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई पुनरकर्जा तथा व्यवसायिक निरन्तरता कर्जा सुविधा ।
- पत्रकार कल्याणकारी कोषको कार्यान्वयन गर्ने प्रतिवद्धता ।
- सरकारी विज्ञापन सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई न्यायपूर्ण पहुँच सुनिश्चित गरिने ।
- सञ्चार गृहको आर्थिक वर्ष ७८/७९ को इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4