+
+

बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते ११:२४

१९ जेठ, वीरगञ्ज । बारामा मोटरसाइकल  दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बारा पचरौता नगरपालिका-३ बस्ने २६ वर्षीय  प्रदीप साह कलवारको मृत्यु भएको हो ।  कलैया अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार साँझ ५ बजे सिम्रौनगढ नगरपालिका- ९ बसवरियास्थित सिम्रौनगढ-कचोर्वा जाने नहरमा दुईवटा मोटरसाइकल ठोक्किएका थिए ।

कचोर्वा तर्फ जाँदै गरेको बीआर०५एएल ७०८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर०५वाई ५५७८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।

७०८३ नम्बरको मोटरसाइकलका चालक प्रदीपको टाउको तथा चिउडोमा चोट लागेको थियो । बेहास भई गम्भीर अवस्थामा उनलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको थियो ।

५५७८ नम्बरको मोटरसाईकलका चालक भारतको मोतिहारी जिल्ला झरौखर थाना बिजवनी ग्राम पञ्चायत वडा नं.९ अठमुहान बस्ने २३ वर्षीय रामपुकार महतो नुनियाको टाउको, हातमा चोट लागेको छ । उनको सिम्रौनगढकै कंकाली पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?