+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

मध्यपुर ठिमी नगरपालिका अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते १८:३०

१९ जेठ, काठमाडौं। ठिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ६३ थान हाईपरफर्मेन्स अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।

कोरोना भाइरस महामारीको कारण अक्सिजनको अभाव सहजीकरण गर्ने उद्दश्‍यले गठन भएको कोभिड १९ र्‍यापिड एक्सन टास्कफोर्स (C19-RAT) समूहले नेपाल राईजिङ अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा उक्त मेसिन हस्तान्तरण भएको गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए ।

विदेशमा रहेका नेपालीहरुले कोष स्थापना गरी संकलित रकम नेपालमा रहेका कोभिड संक्रमितहरुो उपचारका लागि उक्त मेसिन सहयोग गरेको अमात्यले बताए ।

इन्गेज नेपालका प्रतिनिधि डा.दिवेश कर्माचार्यले मध्यपुर ठिमी नगरपालिकाले नमुना अस्पताल सञ्‍चालन गरेर महामारीको समयमा विरामीहरुको उपचारमा महत्वपूर्ण योगदान दिएको बताए। नगरपालिकालाई अप्ठ्यारो परिस्थितिमा सहयोग गरेको भन्दै नगरप्रमुख मदन सुन्दर श्रेष्ठले सहयोगप्रति आभार प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?