+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रुपन्देहीमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते २०:१०

२४ जेठ, बुटवल । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै रुपन्देहीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरिएको छ । योङ कम्युनिष्ट लिग (वाईसीएल) सैनामैना नगर समितिले आइतबार सैनामैनाको मुर्गियास्थित पूर्व–पश्चिम राजमार्गमा ओली र महतोको पुत्ला जलाएका हुन् ।

पुत्ला दहनका क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच केही समय धकेलाधकेल समेत भएको थियो । प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको वाईसीएल सैनामैना नगर समितिका अध्यक्ष गोविन्द खरेलले बताए ।

पुत्ला दहन गर्नु अगाडि वाईसीएल कार्यकर्ताले सरकार विरुद्ध चर्का नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?