Comments Add Comment

दिउँसो पसल खोलेको आरोपमा भाटभटेनीलाई ४ लाख जरिवाना

२४ जेठ, काठमाडौं । निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन् ।

सरकारले केहीअघि जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा आदेश उल्लंघन भए प्रमुख जिल्ला अधिकारीले जरिवाना तिराउन सक्ने भनिएको थियो । त्यही प्रावधानअनुसार भाटभटेनीलाई जरिवाना तिराउने आदेश गरिएको सीडीओ पराजुलीले अनलाइनखबरलाई बताए ।

सोमबार दिउँसो काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली छड्के जाँचका लागि कोटेश्वरस्थित भाटभटेनी पुगेको थियो । त्यसक्रममा दिउँसो पनि भाटभटेनीले सामान विक्री गर्ने गरेको पाइएको थियो ।

स्टोरबाट प्रहरीले म्यानेजर सागर गुरुङलाई पनि पक्राउ गरेको थियो । उनलाई हाल प्रहरी वृत्त, बानेश्वरमा राखिएको डीएसपी दक्षकुमार बस्नेतले बताए । प्रशासनले जेठ मसान्तसम्म लागू हुने गरी निषेधको आदेश जारी गरेको छ । खाद्य सामग्री पाइने पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भनिएको छ ।

व्यक्तिले आदेशको उल्लंघन गरे एक लाख र संस्थाले गरे ५ लाख रुपैयाँसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ ।

यो पनि पढ्नुहोस दिउँसो पसल खोलेको आरोपमा भाटभटेनीका म्यानेजर पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment