+
+

माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री

आर्यन धिमाल आर्यन धिमाल
२०७८ जेठ २४ गते १९:३२

४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले सातै प्रदेशमा स्वास्थ्य सामग्री पठाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशमा लगेर वितरण गर्ने गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यालय सचिव श्रीराम ढकालका अनुसार पार्टीका नेताहरुमार्फत स्वास्थ्य सामग्री पठाइएको हो । ‘प्रदेशमा लगेपछि पार्टी संरचनाले प्रदेश सरकारसंग समन्वय गरेर सामाग्री हस्तान्तरण गर्नेछ’ ढकालले भने ।

प्रदेशमा पठाइएका सामग्रीहरुमा अक्सिमिटर, पीपीई सेट, अक्सिजन सिलिन्डर, अक्सिजन जेनरेटर, मास्क लगायत छन् ।

कार्यालय सचिव ढकालका अनुसार सोमबार प्रदेश पठाइएका स्वास्थ्य सामग्री माओवादी केन्द्रलाई चीन सरकार, प्रवासमा रहेका नेपाली र जनप्रगतिशील मञ्च लगायतका संगठनले प्रदान गरेका हुन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?