+
+

अभिनयमा रमाउने प्रकृतीको कर्मा र मेनुका मनपर्ने नायक–नायिका

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३० गते १४:२९

नायिका प्रकृती श्रेष्ठले थोरै चलचित्रमा अभिनय गरेपनि उनलाई रुचाउनेहरुको संख्या भने धेरै छ । चलचित्र क्षेत्रमा छोटो समयमा नै राम्रो क्रेज बनाएकी यी नायिका हाल अष्ट्रेलियामा छिन् । फ्यानसँग मनको कुरा शेयर गर्न रुचाउने उनका लागि अभिनय मात्र एउटा यस्तो क्षेत्र हो जसमा उनी रमाउँछिन् र प्रेम गर्छिन् ।

फ्यानको प्रश्नको जवाफ दिने क्रममा प्रकृतीले आफूलाई नेपाली चलचित्रका नायक कर्मा र नायिका मेनुका प्रधान मनपर्ने उल्लेख गरेकी छिन् ।

एक फ्यानले उनलाई बलिउडमा काम गर्ने रुची छैन भनेर सोधेका छन् । जसमा प्रकृतीले आफूलाई रुची भएपनि यो सपना मात्र हुने बताएकी छिन् । प्रकृतीले बलिउड नायक विक्की कौशल पहिले आफ्नो ‘क्रस’ रहेको समेत उल्लेख गरेकी छिन् । तर, अहिले कोही पनि क्रस नरहेको उनको तर्क छ ।

प्रकृतीले मनपर्ने गायकको रुपमा सुगम पोखरेलको नाम उल्लेख गरेकी छिन् । प्रकृतीले आफूलाई परिवार, करिअरले खुशी बनाउने जवाफ दिएकी छिन् । यस्तै, उनले साना–साना कुरामा पनि आफू खुशी हुने गरेको फ्यानको प्रश्नमा जवाफ दिएकी छिन् ।

के तपाई अभिनय छाड्दै हुनुहुन्छ भन्ने प्रश्नमा प्रकृतीले किन छाड्ने र ? भनेर जवाफ दिएकी छिन् । चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी यी नायिकाले पछिल्लो पटक चलचित्र ‘बिहे पास’मा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?