+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बुढीगण्डकीले गोरखामा ४ वटा घर बगायो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १२:२०

२ असार, गोरखा । अविरल वर्षका कारण पानीको वहाव बढेको बुढीगण्डकी नदीले चुमनुव्री गाउँपालिका-३ सल्लेरीको चार घर बगाएको छ ।

स्थानीय सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपति गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको प्रहरीले जनाएको छ । अन्य सात घर जोखिममा छन् ।

राति घर बगाउन थालेपछि स्थानीय सुरक्षित ठाउँतिर भागेका थिए । ‘अन्य घर पनि जोखिममा रहेकाले स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको भन्ने खबर आएको छ,’ डीएसपी प्रकाश दाहालले भने, ‘नजिकै रहेको जगत प्रहरी चौकीसँग सम्पर्क हुन नसक्दा पछिल्लो अपडेट पाउन सकेका छैनौँ ।’

जगत प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जोखिममा रहेका घरहरुको सामान सारेर त्यहा नजान उर्दी जारीसमेत गरेको छ ।
सडक निर्माणका लागि सोही ठाउँमा रहेको नेपाली सेनाको निर्माण कार्यदलको बेस क्याम्प पनि जोखिममा रहेको बताइएको छ ।

बुढीगण्डकीकै कारण जगतका तीन घर विस्थापित भएका छन् । पानीको वहाव नजिकै आएकाले कटान गर्न सक्ने भन्दै उनीहरु सुरक्षित ठाउँमा सरेका छन् ।

अविरल वर्षका कारण विभिन्न ठाउँमा पहिरो गएर सडक अवरुद्धसमेत भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?