+
+

कामबाट निकाल्न लागेको भन्दै पुनर्निर्माणमा खटिएका इन्जिनियर आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १७:०८
फाइल तस्वीर

२ असार, काठमाडौं । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब-इन्जिनियरहरु काम रोकेर आन्दोलनमा उत्रिएका छन् ।

शिक्षा मन्त्रालयमा २०३६ सालदेखि कार्यरत ३२० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो ।

असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब-इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष भैरव धितालले जानकारी दिए ।

सङ्घर्ष समितिले सबैलाई पुरानै दरबन्दीमा राख्नुपर्ने माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने मन्त्री मोहन बानियाँलाई ज्ञापनपत्र बुझाएको छ ।

सबै कर्मचारीलाई पुनर्स्थापनाको माग गर्दै प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)लाई पनि जानकारी गराएर असार १ गतेदेखि काम ठप्प गरिएको समितिले जनाएको छ ।

सबै जिल्लाका शिक्षा समन्वय इकाईमा कामबाट हटाइएका इन्जिनियर र सब-इन्जिनियरलाई दरबन्दीमा राख्नुपर्ने समितिको माग छ ।

जेठ २८ गते मन्त्री, आयोजना प्रमुख, जिल्ला आयोजना प्रमुखलगायतलाई जानकारी गराए पनि समस्या समाधानमा पहल नगरेकाले असार १ गतेदेखि एक साताका लागि सबै काम ठप्प पारिएको समितिका सचिव इन्द्रबहादुर रोकायाले जानकारी दिए । थप सङ्घर्षका कार्यक्रम केही दिनमा घोषणा गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?