
४ असार, काठमाडौं । नदीको सतह घटेपछि सिन्धुपाल्चोकको मेलम्ची बजारका बासिन्दा डुवानमा परेको घरमा सामान झिक्न जान थालेका छन् ।
मेलम्ची नदीमा आएको बाढीले घर र संरचना डुवाएपछि तीन दिनदेखि स्थानीय विद्यालयमा आश्रित स्थानीय वासिन्दा नदीको सतह घटेपछि सामान झिक्न घरमा जान थालेका हुन् ।
बाढीले मेलम्ची र इन्द्रवतीको तटीय क्षेत्रका ४० भन्दा बढी घर डुवानमा परेको र १०० भन्दा बढी परिवार प्रभावित भएका छन् ।
बाढीले ल्याएको बालुवा र लेदो माटोले कतिपय घरको तीन तलासम्मै पुरिएको छ । त्यसैले अब तत्कालै ती घरमा बस्न सम्भव नहुने भएकाले काम लाग्ने सामान झिक्न थालेका हुन् ।
कतिपयले कोदालोले खनेर पनि सामान निकालेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4