+
+

सिन्धुपाल्चोकका बाढीपीडितलाई वाईसीएलले बाँड्यो राहत

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ५ गते ६:३४

५ असार, काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपालले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत वितरण गरेको छ ।

वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ नेतृत्वको केन्द्रीय टोलीले मेलम्ची, हेलम्बु र चनौटेका बासिन्दालाई खाना पकाउने प्रेसर कुकरलगायतका भाँडाकुँडासहित अत्यावश्यक सामग्री वितरण गरेको प्रवक्ता पुष्प वलीले जानकारी दिए ।

बिहीबार मात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाइसिएलले विपद् राहत कोष खडा गरेको थियो । उक्त कोषमार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री सहयोग गर्ने काम सुरू भइसकेको वाईसीएलले जनाएको छ ।

माओवादी केन्द्रले यसअघि बाढी पहिरो पीडितको सेवामा खटिन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?