+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रेकर्डिङको काममा फर्किँदै गायक–गायिकाहरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १९:०३

निषेधाज्ञाका कारण कामविहीन बनेका गायक–गायिकाहरु गीत रेकर्डिङ्गको काममा फर्किन थालेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै उनीहरु रेकडिङ्गको काममा फर्किन् थालेका हुन् । लोक गायक खुमन अधिकारीले केही दिन अगाडिमात्रै दुईवटा गीत रेकर्डिङ्ग गराएका छन् । गायिका राधिका हमालले आधा दर्जन बढी गीत रेकर्डिङ गराइसकेको उनले जानकारी दिइन् ।

त्यस्तै, शान्तीश्री परियार, देवी घर्ती, प्रीति आले, प्रताप दास, खेम सेञ्चुरी, राजु ढकाल, राजेन्द्र कंडेल लगायतका गायक–गायिका पनि रेकर्डिङ्गको काममा फर्किसकेका छन्। देउडा गीतमा रुचाइएकी गायिका रेखा जोशीले पनि केही गीत रेकर्डिङ्ग गराइसकेको जानकारी दिएकी छन् ।

पछिल्लो समय रुचाइएका गायिकाहरू एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी लगायतले पनि गीत रेकर्डिङ्ग सुरु गरिसकेका छन् । निषेधाज्ञा सुरु भएसँगै झापा पुगेकी रचना र पोखरा पुगेकी समीक्षाले केही दिनअघि काठमाडौं फर्किएर रेकर्डिङ्गको काम सुरु गरेका हुन् ।

अन्य थुप्रै गायक–गायिकाहरुले पनि गीत रेकर्डिङ्गको काममा फर्किसकेका छन् । गायिका राधिका हमाल अब काममा फर्किनुको विकल्प नरहेको बताउँछिन् । ‘कति दिन घरभित्रै बसिरहने ? त्यसैले अब स्वास्थ्य मापदण्ड पालना गर्दै काम गर्नुको विकल्प छैन्’ – उनले भनिन् । अनामनगरमा रहेको स्टुडियो म्युजिक बैंक नेपालकी सञ्चालक समेत रहेकी हमाल गायक–गायिकाहरु क्रमश रेकर्डिङ्गको काममा फर्किन् थालेको बताउँछिन् ।

‘केही दिनयता फाट्टफुट्ट रुपमा रेकर्डिङ्ग भइरहेका छन्’ उनले भनिन्, ‘भोलिदेखि निजी सवारी साधनमा जोर–विजार लागू हुँदैछ । टुटल, पठाओ पनि सञ्चालनमा आउँदैछन्। अब रेकर्डिङ्गका गतिविधि थप बढ्लान् ।’

प्रिज्म रेकर्डिङ्ग स्टुडियोका सञ्चालक, गीतकार, संगीत संयोजक एवं गायक बि.बि. अनुरागी पनि भोलिदेखि रेकर्डिङ्गको कामले तीव्रता पाउने विश्वास गर्छन् । ‘अहिलेसम्म त फाट्टफुट्ट मात्र रेकर्डिङ भएका थिए’ उनले भने, ‘भोलिदेखि रेकर्डिङका गतिविधि बढ्ने अपेक्षा छ ।’

उनी पनि अब काम सुरु गर्नुको विकल्प नरहेको बताउँछन् । ‘काम नगरी कसरी बाँच्नु ? त्यसैले अब स्वास्थ्य मापदण्ड पालना गर्दै काम गर्नुको विकल्प छैन्’ उनले भने, ‘स्टुडियोको काममा त्यति भीडभाड पनि हुँदैन । तर पनि हामी स्वास्थ्य मापदण्ड पालना गरेर काम अघि बढाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?