+
+

संघर्ष समितिले बुझायो इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते १४:३२

१० असार, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रतिष्ठानमा देखिएका समस्या हल गरिदिन भन्दै इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

चिकित्सा शात्रका विद्यार्थीको सिकाइ अनि जनताहरूको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने र असर पर्ने मुद्दाहरूलाई द्रुत गतिमा छानविन गरी दोषी ठहर भए कारबाही गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्रीबाट निर्देशन भएमा प्रतिष्ठानले एउटा नयाँ जीवन पाउने भन्दै ज्ञापनपत्र बुझाइएको संघर्ष समितिका संयोजक डा एसपी रिमालले बताए ।

प्रतिष्ठानमा देखिएका समस्या हल गर्न निर्णायक पहलकदमी चाल्ने दायित्व प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिको हुने भएकोले ज्ञापनपत्र बुझाइएको उनले बताए ।

प्रतिष्ठानको शुद्धिकरणका लागि भन्दै संघर्ष समितिले बिगत एक हप्तादेखि आन्दोलन गर्दै आइरहेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?