Comments Add Comment

कोरोना परीक्षण गराउनेलाई पिज्जा उपहार !

कोरोना भाइरस (कोभिड-१९) महामारीको यो समयमा विश्वका धनी र गरीब मुलुकहरुबीचको अन्तर झनै प्रष्ट भैरहेको छ ।

एकातर्फ गरीब देशका मानिसहरु चाहँदा चाहँदै पनि कोरोना परीक्षण तथा कोरोनाको खोप लगाउन पाइरहेका छैनन् । अर्कोतर्फ धनी देशहरुले चाहि आफ्ना हठी नागरिकहरुलाई कोरोना खोप लगाउन तथा कोरोना परीक्षणका लागि मनाउन अनेक खालका उपाय अपनाउनु परेको छ ।

अष्ट्रेलियाको सिड्नीस्थित एक पिज्जा रेष्टुरेन्टले सहरमा कोभिड-१९ परीक्षण गर्नका लागि लाइनमा बसेका मानिसहरुलाई सित्तैमा पिज्जा बाँडेको छ ।

सिड्नीको पूर्वी इलाकास्थित समुद्री तटीय सहरमा रहेको साइट पिज्जा बारका मालिक ग्लेन मेजी र उनका सहकर्मीहरुले चिफली पार्कस्थित स्थानीय कोभिड परीक्षण स्थलमा रहेका मानिसहरुलाई बाँड्नका लागि ३० वटा ताजा पिज्जा लिएर गए तब त्यहाँका मानिसहरुले उनीहरुको प्रशंसा गरे ।

नजिकैको एक कोभिड परीक्षण क्लिनिक बाहिर मानिसहरुको लामो लाइन देखेसँगै लाइनमा पर्खिएका मानिसहरुलाई सित्तैमा पिज्जा वितरण गर्ने सोँच उनमा पलाएको थियो । चिसो मौसममा लाइनमा उभिइरहेका मानिसहरुलाई तातो तातो पिज्जाको टुक्रा दिएर हौसला बढाउने निधो उनले गरे । तर आफूलाई त्यतिधेरै प्रशंसा पाउँछु भन्ने कल्पना नरहेको मेजी बताउँछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment