+
+

गुल्मीको अर्जुन डाँडामा १४ लाखमा बन्यो ‘सेल्फी टावर’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते ९:२६

१८ असार, गुल्मी । जिल्ला सदरमुकाम तम्घास नजिकै रहेको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रलाई आकर्षक गन्तव्य बनाउन भन्दै सेल्फी टावर निर्माण गरिएको छ ।

रेसुङ्गा नगरपालिका-७ मा पर्ने अर्जुन डाँडोलाई पर्यटकीय क्षेत्र बनाउन र त्यहाँ पुग्ने आन्तरिक तथा बाहृय पर्यटकहरुलाई तम्घास बजारसहितको मनमोहक दृश्य ‘सेल्फी’ लिने गरी टावर निर्माण गरिएको हो ।

टावरका लागि लुम्बिनी प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयको १४ लाख ४० हजार र उपभोक्ता समितिको तर्फबाट एक लाख ४४ हजार गरी १५ लाख ८४ हजार खर्च गरिएको छ ।

निर्माण सम्पन्न भए पनि कोरोनाका कारण टावरको उद्घाटन गर्न समस्या भएको रेसुङगा नगरपालिका-७ का वडाअध्यक्ष मोहनप्रसाद पाण्डेले बताए । कोरोना महामारी नियन्त्रणमा आएपछि उद्घाटन गरिने पाण्डेले बताए ।

युवा पिँढीहरुलाई आकर्षण गरेर पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले टावर निर्माण गरिएको वडाअध्यक्ष पाण्डे बताउँछन् ।

टावर निर्माण भएसँगै तम्घास बजारसहितको मनमोहक दृश्य अवलोक गर्न सकिने भएको छ । वडाअध्यक्ष पाण्डेका अनुसार टावरबाट एकै पटक २० जनासम्मले अवलोकन गर्न सकिन्छ ।

टावरसँगै अर्जुन क्षेत्रमा पुराना ऐतिहासिक मन्दिरहरुलाई मर्मत र नयाँ संरचना निर्माण गर्न थालिएको छ । यसअघि अर्जुन डाँडोलाई पर्यटकीय क्षेत्र बनाउन लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय २० लाख बजेटमा प्रवेश द्वार, पानीको फोहोरासहितको पोखरी, वनभोज जानेहरुको लागि भवन बनाइएको छ ।

करीब २ हजार मिटर उचाइमा रहेको अर्जुन डाँडा धार्मिक, ऐतिहासिक, पुरातात्विक र जैविक विविधताले महत्वपूर्ण मानिन्छ ।

बि.सं. १४९३ भन्दा पहिले राजाले राज्य गरेको ठाउँ हो भन्ने किंवदन्ती छ । त्यसबेला भग्नावशेषसमेत भेटिएको बताइन्छ ।

टावर निर्माण गरिएको लेकमा पाँच पाण्डवमध्येका अर्जुनको आगमन भएकोले नाम अर्जुन राखिएको राखिएको भनाइ छ।

टावरबाट देखिने गुल्मी सदरमुकाम तम्घास बजार ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?