+
+

बामदेवलाई स्वागत गर्दै ओलीले भने- फेरि आयो, गयो नहोस्

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १३:२६

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई बैठकमा निरन्तर आउन आग्रह गरेका छन् । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्दै केन्द्रीय कमिटीको बैठक बोलाएपछि गौतम शुक्रबार बैठकमा उपस्थित भएका छन् ।

बैठकमा उनलाई स्वागत गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ । यो फेरि आयो, गयो नहोस् ।’

ओलीको जवाफमा गौतमले भने विषयअनुसार  विरोध र समर्थन रहने बताए । भने, ‘अध्यक्षले आउने जाने नगर्न भने पनि म सँधै क्रिटिकल छु । विषयअनुसार समर्थन र विरोध गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?