+
+

म्याद सकिएको एटीएम कार्डबाट ३४ लाख झिकियो, २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते १४:५४

२१ असार, काठमाडौं । विदेशी बैंकको म्याद सकिएको डेबिट कार्डबाट पैसा निकालेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भइ भत्केको पुलमा बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्साकी २० वर्षीया सावित्रा गुरुङ छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंहका अनुसार विदेशी कम्पनीको म्याद सकिएको एटीएमबाट अस्वभाविकरुपमा रकम निकालेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । सिंहले भने, ‘बैंकले पनि पत्राचार गरेपछि पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’

काठमाडौं प्रहरीका एसपी रमेश बस्नेतका अनुसार उनीहरुले सिदार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेका थिए ।

‘एकदिनमा एक लाख र निश्चित पटक निकाल्न मिल्ने प्रावधान बैंकको छ’ उनले अनलाइनखबरसँग भने, ‘तर उनीहरुले एकैपटक धेरै निकालेको भेटियो ।’

उनीहरुले कार्ड बोकेको विदेशी बैंकको खातामा रकम थियो कि थिएन भन्ने पनि खुलेको छैन । उनीहरुको नाममा भएको खाताको कार्ड हो कि होइन भन्ने पनि थाहा भइसकेको छैन । त्यसका लागि लन्डनस्थित Lloyds बैंकमा पत्राचार गर्ने प्रहरी तयारी छ ।

बैंकबाट निकालिएको रकममध्ये प्रहरीले २१ लाख रुपैयाँ बरामद गरिसकेको छ भने १० लाख सहकारीमा राखेको बयानबाट खुलेको छ ।

घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने अनुमान छ । एसपी बस्नेत भन्छन्, ‘म्याद थप गरिसकेका छाैं, अब थप अनुसन्धान हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?