
२३ असार, पोखरा । युरोप र कोपा अमेरिका खेलमा सट्टेबाजी गराएको आरोपमा पोखरामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २७ का १८ वर्षीय सुलभ सुवेदी छन् ।
सुवेदीले अनलाइन भाइबर, ह्वाट्सएपलगायत माध्यम प्रयोग गरेर सट्टेबाजी गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । उनलाई पोखरा- ६ लेकसाइडको एक होटलबाट पक्राउ गरिएको बताए ।
‘उनलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत सट्टेबाजी गर्न नहुने मुद्धामा अनुसन्धान अघि बढाइएको छ,’ हमालले भने, ‘घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको छ ।’ प्रहरीले सुवेदीलाई ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4