+
+

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २६ गते १०:५६

२६ असार, जनकपुरधाम । सर्लाहीमा पोखरीको डिलमा बसेर माछा मारेको हेरिरहेका एक युवकको डिलबाट खसेर पोखरीमा डुब्दा मृत्यु भएको छ ।

विष्णु गाउँपालिका ३ मधुवनगोठस्थित सार्वजनिक पोखरीमा माछा मारिरहेको दृश्य डिलमा बसेर हेरिरहेका गोडैता नगरपालिका २ बस्ने ३५ वर्षीष्य जयकरण मुखिया एक्कासी लडेर पोखरीमा डुबेका थिए ।

पोखरीमा डुबेर बेपत्ता भएका मुखियाको खोजी गर्ने क्रममा महाजालकै प्रयोग गर्नुपरेको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । पोखरीमा महाजाल हालेपछि बेपत्ता भएका उनको शव फेला परेको बुढाथोकीले बताए ।

मृतक मुखियाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?