+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

काठमाडौंमा मौजुदा खोप सकियो, कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १ गते १६:०४

१ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ ।

स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्ति जारी गर्दै मौजुदा खोप सकिएको भन्‍दै साउन ४ गतेको लागि लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान मिति २०७८/०३/२९ गतेदेखि मिति २०७८/०४/०२ गतेसम्‍म सञ्‍चालन गर्ने भनिएकोमा स्वास्थ्य कार्यालय, काठमाडौंमा हाल मौजुदा रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएको हुँदा अब अर्को सूचना नभएसम्‍मको लागि मिति २०७८/०४/०२ गतेको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौं जिल्लामा स्थगन गरिएको व्‍यहोरा सबैको जानकारीको लागि हार्दिक अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?