+
+

प्रियंकाको बर्थ डेमा निकले पठाए १३ हजार पाउन्डको वाइन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ५ गते १५:३६

बलिउड नायिका प्रियंका चोपडाले सोमबार आफ्नो जन्मदिन मनाइन् । प्रियंकाको जन्मदिन विभिन्न कारणले विशेष बन्यो । तर, उनका श्रीमान् निक जोनसले उनका लागि दिएको गिफ्ट भने यतिबेला सामाजिक संजालमा सर्वाधिक चर्चामा छ ।

निकले प्रियंकाको लागि वाइन गिफ्ट गरेका थिए । तर, यो वाइन चर्चामा रहनुका कारण यसको मुल्य हो । आफ्नो ३९ औं जन्मदिनमा निकले महंगो मुल्यको गिफ्ट पठाएपछि प्रियंकाले धेरै माया भन्दै इन्स्टाग्राममा फोटो शेयर गरेकी छिन् ।

निकले अमेरिकाबाट प्रियंकालाई १९८२ शेटो मुटेन रोथशील्डको वाइन पठाएका थिए । यो दुर्लभ वाइन फ्रान्सको बोर्डोमा बनाइन्छ । यसको मुल्य १० हजारदेखि १३ हजार पाउन्ड रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो वाइन लिलामीमा मात्र पाउन सकिन्छ ।

प्रियंका छायांकनका क्रममा लण्डनमा छिन् । यसैले, उनलाई उनका पति निकले विशेष उपहार अमेरिकाबाट पठाएका हुन् । बलिउड चलचित्रमा काम गर्दा गर्दै हलिउड यात्रामा लागेकी प्रियंका निकसँग बिहेपश्चात अमेरिकामा नै घरजम गरेर बसेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?