+
+

भालुको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १३:३३

७ साउन, चितवन । चितवनको माडी पाण्डवनगरमा जंगली भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

माडी नगरपालिका वडा-१ पाण्डवनगर निवासी अन्दाजी वर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार विहान तामाको मुना खोज्न गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार बिहान माडीको देउता खोलाको किनारमा शव भेटिएको हो ।

मृतकको बायाँ आँखामाथि ठूलो चोट लागेछ । शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक पौडेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?