+
+

१८.७५ अङ्कले बढ्यो नेप्से, कारोबार ११ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १५:३०

७ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।

बिहीबार १८.६७ अंकले बढेर ३ हजार ०४.३३ अंकमा पुगेको छ । बजारमा कारोबार रकम भने झण्डै ११ अर्ब ११ करोड ४१ लाख भएको छ ।

बिहिवार कुल २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ । आज कुल १ लाख १४ हजार ७७२ वटा कारोबार भएको छ ।

बिहिवार कुल १३ उपसमुहको कारोबार भएकोमा ५ उपसमुहको मात्र मूल्य बढेको छ । बिहीवार म्युचल फन्ड उपसमुह सबैभन्दा धेरै ५.२७ प्रतिशतले बढ्यो ।
आज सबैभन्दा धेरै लक्ष्मि उन्नति कोषको मूल्य सबभन्दा धेरै १०.०४ प्रतिशतले बढ्यो ।

सीइडीबी हाइड्रोपावर बिकास कम्पनी, ङादी ग्रुप पावरको समेत सर्किट लेवलमा कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर, बरुण हाइड्रोपावर, विशाल बजार कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?